सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान – Nepal Press

सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान

काठमाडौं । अदालतको अवहेलना ठहर भएका सिधा कुराका पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

फेसबुकमार्फत पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ । प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *