बाढी प्रभावित काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए – Nepal Press

बाढी प्रभावित काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

One thought on “बाढी प्रभावित काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी फेरिए

  1. नालायक गृहमन्त्री भएपछि आफूले जिम्मेवारी लिन पर्ने ठाउमा कर्मचारीलाई दोष देखायो सकिहाल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *