नेपालले प्रकोपबाट भोगेको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री दुःखी,आवश्यक सहयोग गर्न तयार – Nepal Press

नेपालले प्रकोपबाट भोगेको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री दुःखी,आवश्यक सहयोग गर्न तयार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा पछिल्लो वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट  गरेका छन् ।

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेकाे बताएका छन् । केही दिनअघिमात्र न्युयोर्कमा दुई प्रधानमन्त्रीबीच वार्ता भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *