वीपी राजमार्गबाट मन्थली जोड्ने सडक सुचारु, गाउँपालिका अध्यक्ष भन्छन्–सित्खाबाट आउन जान सकिन्छ – Nepal Press

वीपी राजमार्गबाट मन्थली जोड्ने सडक सुचारु, गाउँपालिका अध्यक्ष भन्छन्–सित्खाबाट आउन जान सकिन्छ

काठमाडौं । रोशी,सुनकोशी र तामाकोशीको बाढीले सडक र पुलसमेत बगाएपछि सडक सम्पर्कबिच्छेद भएको रामेछाप सदरमुकाम मन्थली प्रवेशको एउटा नाका भने खुलेको छ ।

मन्थली हुँदै सिन्धुली जोडने अब एक मात्र सित्खा नाका आइतवार साँझबाट सञ्चालनमा आएको छ । सित्खा गोकनपानी सडक खण्डमा रहेको पहिरो पन्छाएसँगैसानो गाडी सञ्चालनमा आएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

यस नाका सञ्चालनमा आएसँगै सित्खा खुर्कोट हुँदै सिन्धुलीतर्फको आवतजावत सहज हुने भएको छ । तर काठमाडौंतर्फ जाने सडक भने ठाउँ ठाउँमा रोशीले बगाएकाले बन्दै नै रहेको छ । अध्यक्ष श्रेष्ठले अब ठूला गाडी पनि चल्ने बताए ।

सुनकोसीमा आएको बाढीले रामेछाप–सिन्धुली जोडने खैरेनीघाट र खुर्कोटको पक्की पुल बनाएपछि रामेछाप जोडने सित्खा नाका मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

उनी बाढी पहिरोको बेला गाउँमै थिए,जसका कारण तत्काल सडक खुलाउन आफैं २ दिन खटिए ।
दिनभर सात वटा जेसेभी प्रयोग गरेर सो सडकमा रहेको पहिरा पन्छाइएको श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले आज सित्का सडकमा अब ठूला गाडी पनि सञ्चालनमा ल्याउने बताए ।

सडक खुलाउँन गाउँपालिका अध्यक्ष श्रेष्ठसँगै वागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ,एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया,प्रमुख जिल्ला अधिकारी,जिल्ल प्रहरी प्रमुखलगायत गोगनपानी भीरपानी क्षेत्रमा खटिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर