प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने, प्रकोपपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माण एजेण्डा – Nepal Press

प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने, प्रकोपपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माण एजेण्डा

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्ने सम्भावना छ ।

त्यस्तै राजधानी काठमाडौं तथा देशका अन्य ठूला शहर तथा जिल्ला सदरमुकामहरु जोड्ने राजमार्गमा क्षति भएकाले तत्काल यातायात सन्चालनका लागि सरकारले आवश्यक पहल थालेको छ ।

मन्त्रिपरिषदको बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको र सोही बैठकले केही महत्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर