हेटौंडा ल्याइयो सिस्नेरी पहिरोमा ज्यान गुमाएका तीन बालकको शव (भिडिओ) – Nepal Press

हेटौंडा ल्याइयो सिस्नेरी पहिरोमा ज्यान गुमाएका तीन बालकको शव (भिडिओ)

हेटौंडा । सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका तीनजना बालकहरुको शव हेटौंडा ल्याइएकाे छ ।

अहिले मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा मकवानपुरका अनुपम घलान,साइमन योन्जन र बाराका विकल रेग्मीको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिरहेको छ ।

गत असोज १२ गते एन्फा एकेडेमीमा आवसीय प्रशिक्षण लिइरहेका ४० मध्य ६ जनालाई पहिराेले पुरेको थियो ।

उनीहरुमध्ये तीनजनालाई हेलिकप्टर मार्फत अहिले हेटौंडा ल्याइएको र आफ्नो गृह नगरमा अन्त्यष्टीको तयारी भएको छ ।शवयात्रामा सयौं ब्यक्तिहरु सहभागी छ्न् ।


प्रतिक्रिया

One thought on “हेटौंडा ल्याइयो सिस्नेरी पहिरोमा ज्यान गुमाएका तीन बालकको शव (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर