टाटाको आपतकालीन सर्भिस सुविधा- घरमै सुविधा लिन सकिने – Nepal Press

टाटाको आपतकालीन सर्भिस सुविधा- घरमै सुविधा लिन सकिने

काठमाडौं । टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढी पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीमा थप क्षति हुनबाट रोक्न आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै सुविधा लिन सकिने टाटाले जनाएको छ । टाटा मोटर्सका सर्भिस टीमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभए सिप्रदीको सर्भिस सेन्टरमा लगि पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ ।

प्रकोपको यस दु:खद घडीमा आफ्नो गाडीमा थप क्षति हुन नदिन तथा ग्राहक सेवालाई चुस्त बनाउन यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

चाडपर्वको अवसरमा टाटाका ग्राहकलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखी विशेष आपतकालीन सर्भिस सुविधा उपलब्ध गराइएको कम्पनीका सर्भिस विभागका महाप्रवन्धक कुमार भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *