दिगो बैंकिङलाई प्रवर्द्धधन गर्न सरोकारवालाबीच छलफल – Nepal Press

दिगो बैंकिङलाई प्रवर्द्धधन गर्न सरोकारवालाबीच छलफल

काठमाडौ । नेपालको बैंकिङ क्षेत्रलाई दिगो बैकिङ कसरी बनाउने भन्ने विच सरोकारवालाहरु बीच छलफल भएको छ ।

बैंकिङ क्षेत्रको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र चुनौती समाधानका विषयमा नेपाल बैकर्स संघ र इन्भेष्मेन्ट फर इम्प्याक्ट नेपालबीच छलफल भएको हो ।

नेपालका लागि स्विजरल्याण्डका राजदुत डा.डेनियल मेउलीले दिगो बैकिङका लागि नेपालले शुरु गरेको पहल महत्वपूर्ण रहेको बताए । बैकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको जलवायु वित्तलाई महत्व दिँदै दिगो वित्त प्रवद्र्धनमा नेपाल प्रतिवद्ध रहेको बताए ।

यस्तै एफएमओ नेदरल्याण्डका सिइओ मिखेल योङ्गनिलले बैकिङ क्षेत्रले जलवायुको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा निभाइरहेको भुमिकाले अवसरबाट फाइदा लिन सकिने बताए ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैकिङलाई प्रवद्र्धन गर्न गरेको नीतिगत व्यवस्था र अन्तर्र्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपालको बैकिङ क्षेत्रको लागि दिगो वित्त विभागको उद्घाटनसमेत भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जीसुन हान (प्रबन्धक, ऊर्जाएशिया र ईसीए एफएमओ), एन्टोनिया फ्लक (कार्यक्रम प्रबन्धक, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन) , काट्जा सिल्वा लिएंडर (प्रबन्ध निर्देशक, क्याडमस यूके) , र दीपक कुमार डे (कार्यकारी समिति सदस्य, नेपाल बैंकर्स एशोसिएसन) लगायतका प्रमुख व्यक्तिहरूले जलवायु वित्त रणनीतिहरू लाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी धारणा व्यक्त गरे ।

कार्यक्रममा सरकारी अधिकारीहरू, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम, र सम्बन्धित सरोकारवालाहरू लगायत २०० भन्दा बढी सहभागी रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *