सुकिला नोटमा देखिएन आकर्षण, पहिलो दिन १ करोड ८० लाख मात्र सटही – Nepal Press

सुकिला नोटमा देखिएन आकर्षण, पहिलो दिन १ करोड ८० लाख मात्र सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटकदेखि दशैँका लागि सुकिला नोट सटहीको व्यवस्था गरेकोमा आकर्षण भने कम देखिएको पाइएको छ । विगतमा नयाँ नोट भन्ने बित्तिकै लाइन लागेर लिनेको भिड हुँदै आएकोमा सुकिला नोटमा पहिलो दिन कम मात्रले सटही सुविधा लिएको मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराइले बताए ।

सुकिला नोट अन्य बैंक तथा वित्तीय संस्थाले पनि दिइरहेका छन् । राष्ट्र बैंकले पहिलो दिन १ करोड ८० लाख सुकिला नोट सटही गरेको छ । यो भनेको प्रत्येक दर (५, १०,२०, ५० र १००) ८०० बण्डल सटही भएको हो ।

गत वर्ष १० दिनमा २९ अर्ब रूपैयाँ नयाँ नोट सटही भएको थियो । यो औसतमा दैनिक २ अर्ब रूपैयाँ हो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साटिरहेको छ । एकजनाले र पाँच, दश, बीस, पचास र एक सय दरका १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *