काठमाडौंबाट लमजुङ गइरहेको हायस शिवपुरीमा दुर्घटना – Nepal Press

काठमाडौंबाट लमजुङ गइरहेको हायस शिवपुरीमा दुर्घटना

काठमाडौं। काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ।

नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर