बाढीपहिरोबाट पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति – Nepal Press

बाढीपहिरोबाट पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् ।

अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलीयतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताए ।

क्षतिग्रस्त सडकहरुको मर्मत गरी यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको भन्दै उनले चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी बताए ।

चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको मन्त्री दाहालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *