देवघाटका वृद्धवृद्धालाई रोटरी चितवनको सहयोगमा सुरक्षित स्थानमा सारियो – Nepal Press

देवघाटका वृद्धवृद्धालाई रोटरी चितवनको सहयोगमा सुरक्षित स्थानमा सारियो

चितवन । नारायणी नदीको बाढीले क्षति पुगेपछि बिचल्लीमा परेका देवघाटको रोटरी करुणालय वृद्धाश्रमका ३५ वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको छ । यहाँ ४ वटा घर पूर्ण डुबानमा पर्दा करोडौंको क्षति भएको छ ।

समस्या समाधान गर्न रोटरी क्लब चितवनको अगुवाइमा सरसफाइ गरिएको छ । एपीएफको सहयोगमा गरिएको कार्यक्रममा क्लबका अध्यक्ष रो. भानु शर्मा, करुणालयका अध्यक्ष रो. उत्तमलाल चुके , क्लबका पूर्वअध्यक्षहरु रमेशकुमार पिया, दिलिप पिया, रोशन पिया, दीपक प्रधानलगायतको उपस्थिति थियो ।

आश्रममा बाढीले वृद्धवृद्धाको बन्दोबस्तीका सामान नष्ट भएको छ । दैनिक नि:शुल्क भोजन गर्ने बाहिरका करिब डेढ सय बटुवा र असहाय व्यक्ति पनि प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर