चितवनमा बाघले निल्यो चराउन लगेका ८ बाख्रा – Nepal Press

चितवनमा बाघले निल्यो चराउन लगेका ८ बाख्रा

चितवन । भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको छ ।

भरतपुर महानगरपालिका २९ को स्याउली भन्ने ठाउँमा बिमला तामाङको एभरेष्ट एग्रो फार्मको ८ वटा बाख्रा खाइदिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार हिजो बिहान १० बजे ४० वटा बाख्रा चराउन लगिएकोमा ३२ वटा मात्रै बाख्रा फर्किएको थियो ।

हिजो रातीसम्म पनि चर्न गएको ठाउँबाट बाख्रा नफर्किएपछि आज बिहानैदेखि खोजी गर्ने क्रममा जंगलको फरक फरक ठाउँमा आधा आधा बाख्रा खाइ छोडेको अवस्थामा भेटिएको उनले बताए । ८ वटै बाख्रा फरक फरक ठाउँमा आधा खाएर भेटिएकोले बाघले बाख्रा खाएको हो भन्ने यकिन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर