नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा चलाउने सर्वोच्च प्रशासनको तयारी – Nepal Press

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा चलाउने सर्वोच्च प्रशासनको तयारी

काठमाडौं । अदालतको अवहेलना मुद्दामा दुई पत्रकारलाई जेल चलान गरेलगत्तै सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सोही प्रकृतिको मुद्दा दर्ताको तयारी गरेको छ ।

घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।

त्यसबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्च प्रशासनले आजै घिमिरेविरुद्ध प्रतिवेदन तयार पारेर रिट दर्ताको तयारी गरेको छ । आफूहरू रिट दर्ताको बारेमा छलफलमा रहेको र सम्भवतः आजै दर्ता हुने सर्वोच्च प्रशासनका सूचना अधिकारी गोविन्द घिमिरेले नेपाल प्रेसलाई बताए ।

न्याय परिषद्ले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले गम्भीर आरोप लगाएका थिए । आर्थिक लेनदेनको आरोपमा प्रधान न्यायाधीशले न्यायाधीश नियुक्ति सिफारिस गरेको घिमिरेलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएका थिए । प्रधानन्यायाधीश श्रेष्ठ एक सातापछि अवकाश पाउँदैछन् ।

विवादित न्याय परिषद् नियमावली खारेज नगरी न्यायाधीश नियुक्ति सिफारिस नगर्न बारले खबरदारी गर्दै आएको थियो । तर, विवाद समाधान नगरी, अवकाशको मुखमा न्यायाधीश नियुक्ति सिफारिस गरेको बारले आरोप लगाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर