प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा के-के भयाे ? हेर्नुस् ३४ बुँदे फेहरिस्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिने अमेरिका भ्रमणबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर आफ्नो भ्रमण सफल भएको बताए ।
अमेरिका भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीको ३४ बुँदे प्रगति सार्वजनिक गरिएको छ । उनले भ्रमणका क्रममा भएको भेट आफूले गरेको सम्बोधनलाई फेरिहस्त राखेका छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।
ओलीले असोज १० गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय थियो ।
यस्ता छन् बुँदाहरु
वास्तविक चाँही यहीँ हो … अमेरिकामा दुई चिज गुमाएर फर्किए प्रधानमन्त्री ओली … https://nepalkhabar.com/opinion/214615-2024-9-30-18-17-34
राम्रो माहोल बन्नेमा ढुक्क हुनु भएमा प्रधानमन्त्री, मुर्छा परेर फिर्नु भयो । साथै का.वा. प्रधानमन्त्रीलाई आस्मिक मन्त्रिपरिषदको वैठक त होइन, सामान्य शोक विज्ञप्ति निकाल्ने अधिकार समेत दिनु भएनछ । गफै गरेर मात्रै त जनताले पत्याउन छोडिसके त । अब यो नेपाल प्रेसले बोकेर मात्रै हुनेवाला केही छैन ।