विपत्तिको बेला विरोधका लागि विरोध नगरौं- उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइन्छ: प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

विपत्तिको बेला विरोधका लागि विरोध नगरौं- उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइन्छ: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको बताए ,

 

‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

उनले बाढी आउने कुरालाई रोक्न नसकिने बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

उनले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताए ।

प्रधानमन्त्री ओलीले मौसम विज्ञान विभागले वर्षाको अनुमान गरे पनि पहिरोको अनुमान नभएको बताएका छन् ।

पूर्वानुमानमा वर्षा भारी हुनेबारेमा सरकारको तयारी के थियो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी भएको, तर कहाँ कहाँ पहिरो जान्छ कुनै पूर्वजानकारी नभएको बताए ।

उनले भने, ‘गएपछि थाहा भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर