अमेरिका भ्रमणका उपलब्धिबारे प्रधानमन्त्रीको जवाफ- भैंसी दुहुन गएर दूध लिएर आए जस्तो होइन (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राष्ट्रसंघको भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको टिप्पणी गरेका छन् ।
अमेरिका भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलन यस्तो तर्क गरेका हुन् ।
भ्रमणबारे सोधिएको प्रश्नमा उनले भने, ‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन । हाम्रा समस्या र विचार राख्न भएको हो । राखियो ।’
उनले आफूले राखेको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको जिकिर गरे ।
उनले थपे, ‘हामीले राखेको समस्या एउटा देशको मात्रै होइन । यो ग्लोबल समस्या हो । त्यसैले ग्लोबलले मिलेर समाधान गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पुर्याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ । जसले बढी बिगारेको छ, उसले बढी क्षतिपूर्ति व्यहोर्नुपर्छ । बिगार्नेले सपार्न पनि लगानी गर्नुपर्छ ।’
यो भन्दा पनि कडा जवाफ एउटा केसि थर भएको, जो भूपू न्यायाधिश पनि हुँ भन्छ आफूलाई, उसलाई दिनुपर्ने । अस्ति अनलाईन खबर भन्ने एउटा तेश्रो ग्रेडको मिडियामा प्र म को अमेरिका भ्रमणबारे त्यसले लेखेको देख्दा कस्तो मान्छे नेपालको सर्वोच्च अदालतको न्यायाधिश भएछ भनेर घिन लाग्यो । कि त त्यस्ता मानिस ओलिको रिसले मुरमुरिएर चाँडै रोग लागेर सकिन्छन् कि त त्यस्तो लेख्न त्यस्ताले लैनचौरबाट हण्डी बुझेको हुनुपर्छ । त्यो लेख हेर्दा उसलाई चाहिँ दोश्रो कारण उपयुक्त हो जस्तो लाग्यो । न कसैले त्यस्ता दलालको कुरा पत्याउँछ । लेख पढने जो कोहीले भन्छ इमान जमान बेचेको दिल्लीको दलाल रहेछ भनेर ।