नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता – Nepal Press

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।

प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्ले केही दिनअघि सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।

आफूविरुद्ध मुद्धा दायर हुने चाल पाएपछि बार अध्यक्ष घिमिरेले न्यायपालिका भ्रष्टचार व्याप्त रहेको भन्ने विभिन्न प्रतिवेदनले देखाएको भन्दै अभिव्यक्तीको बचाउ गरेका थिए ।

 


प्रतिक्रिया

2 thoughts on “नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

  1. न्यायालयमा भ्रष्टाचार छ भन्ने प्रतिबेदन छन् भन्दैमा कुनै एक अमुक नियुक्तिमा घुस खाएर गरेकाे भन्ने प्रमाणित हुन्छ भनेर हाल सम्म बहस गरेर आउनु भएकाे हाे भने तपाईंकाे कानूनी ज्ञान कमजाेर रहेछ भन्ने अर्थ लाग्छ बिद्वान ज्यु । पदिय जिम्मेवारी ख्याल गरेर अभिब्यक्ति दिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर