सवारी आवतजावत खुलेसँगै कलंकी क्षेत्रको ट्राफिक अस्तव्यस्त (भिडिओ) – Nepal Press

सवारी आवतजावत खुलेसँगै कलंकी क्षेत्रको ट्राफिक अस्तव्यस्त (भिडिओ)

काठमाडौं । गाडी आवतजावत खुलेसँगै कलंकी क्षेत्रको ट्राफिक अस्तव्यस्त भएको छ । धादिङको झ्याप्ले खोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेपछि काठमाडौं भित्रिने क्रममा भएको सवारी जामले कलंकी क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको हो ।

सोमबार दिउँसोदेखि सडक सुचारु भएसँगै तीन दिनदेखि अलपत्र १७ सय बढी सवारी साधन थानकोट हुँदै काठमाडौं प्रवेश गरेका थिए । त्यस्तै, आजै अपराह्नबाट रात्रि बस पनि सञ्चालनमा आएपछि कलंकीमा अत्यधिक सवारी चाप भएर जाम भएको हो ।

सवारी व्यवस्थापनमा ट्राफिकलाई हम्मेहम्मे परिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *