सूचना विभागमा आए सहसचिव प्रदीप परियार – Nepal Press

सूचना विभागमा आए सहसचिव प्रदीप परियार

काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ । गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशकको जिम्मेवारी दिएको चार दिनपछि उनले विभागमा पुगेर महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

परियार यस अघि काठमााडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर ८ महिना बिताएका थिए ।

महानगरपालिकामा हुदाँ परियारले एकल सेवा केन्द्र स्थापना, सहकारीको अनुगमन, फोहोर मैला व्यवस्थापनका लागि प्रभावकारी काम गरेका थिए भने ५ वर्ष यताकै समग्र महानगरपालिकाको खर्च सुधार र त्यसमा पूँजीगत खर्चमा सुधार देखिएकाे थियाे भने  महानगरमा प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत परियार ३५ वर्ष मुनिका युवाबीच तादम्यता मिलेकाे भनेर पनि दाबी गरिन्थ्याे ।

महानगरबाट बाहिरिँदै गर्दा उनले दैनिकरुपमा अहिलेसम्म गरेको प्रगति प्रतिवेदन बुझाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर