दाउन्ने सडक एकतर्फी सञ्चालन, सवारीहरू गन्तव्यमा जान सुरु – Nepal Press
अपडेटः

दाउन्ने सडक एकतर्फी सञ्चालन, सवारीहरू गन्तव्यमा जान सुरु

रुपन्देही । गएरातिदेखि अवरुद्ध बनेको पूर्वपपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मतपछि एकतर्फी रूपमा सञ्चालन भएको छ । बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो।

सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र अहिले बिहान केही बेर अघि एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए।

सडक एकतर्फी खुलेसँगै पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान सुरु गरेका छन् । तर पानी परेदेखि सडक पुन अवरुद्ध हुने सम्भावना बढी रहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

अफ्ठेरो ठाउँमा बाटो बिग्रेकाले र मर्मत पूरै नभएकाले ठूलो लाम लागेका साधनहरू निकै कठिनका साथ यहाँबाट हिँडिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर