दशैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी – Nepal Press

दशैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

काठमाडौं । दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन् ।

बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपाल प्रेसलाई बताए ।

यद्यपि यसबारेमा दिउँसो यातायात व्यवस्था विभागसँग बैठक बसेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

‘अहिले तीन बजे विभागसँग बैठक बस्दैछौं । अहिलेको अवस्थाले अब गाडी आउन सक्ने अवस्था छैन । अग्रिम दिएर मात्र पनि भएन । बाटो पनि अस्तव्यस्त छ । सडक मर्मतमा आश्वस्त पारेर हामीलाई ढुक्क खोलेर राख्दिनुस् भन्यो भने त्यही अनुसार गर्छौं । नत्र अहिलेकै परिस्थितिमा पार लाग्ने अवस्था छैन । बैठकपछि थप निष्कर्षमा पुगिएला’, सिटौलालेनेपालप्रेससँग भने ।

चाडबाडमा घर फर्किनेहरूका लागि यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । हजारौंले टिकट काटिसकेका छन् ।

‘जताततै सडक भत्किएको छ । घटस्थापनादेखिकै टिकट काटेकालाई लैजान गाडी फर्केर आउन नसक्ने अवस्था छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर