मकवानपुरको बागमती किनारमा तीनवटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका – Nepal Press

मकवानपुरको बागमती किनारमा तीनवटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका

हेटौँडा । मकवानपुर जिल्लामा बाढीले बगाएर मृत अवस्थामा तीन जनाको शव फेला परेको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थित वाग्मती नदीको किनारमा तीनवटा शव फेला परेका हुन् ।

स्थानीय बासिन्दाहरूले वाग्मतीमा माछा मार्न जाने क्रममा शव देखेपछि बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलाई सम्पर्क गरेका थिए ।

भेटिएको शव मध्य दुई जना पुरुष र एक जना महिला रहेको लामिछानेको भनाई छ ।

शवबारे आफूहरूलाई जानकारी आएको र त्यसलाई कसरी काठमाडौँ लाग्ने भन्ने विषयमा गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले नेपालप्रेसलाई बताए ।

बागमती किनारामा भेटिएको शव काठमाडौँ उपत्यकाबाट बगेर आएको हुनसक्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर