होटेल एभरेस्ट र बसेरामा म्याद गुज्रिएको सामान र एमआरपी भन्दा महँगोमा विक्री, ३-३ लाख जरिवाना – Nepal Press

होटेल एभरेस्ट र बसेरामा म्याद गुज्रिएको सामान र एमआरपी भन्दा महँगोमा विक्री, ३-३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरमा रहेको होटेल एभरेस्ट र अनामनगरमा रहेको बसेरा बुटिक होटललाई ३-३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोमबार एभरेस्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको अनामनगर स्थित बसेरा बुटिक होटेलमा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएपछि दुवै होटललाई ३-३ लाख जरिवाना गराइएको विभागले जनाएको हो ।

दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराउने निर्णय भएको विभागका महानिर्देशक राजन पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दुवै होटलले आगामी ७ दिनभित्र तोकिएको जरिवाना तिरिसक्नुपर्ने र यदि कारबाही उपर चित्त नबुझे विभागको महानिर्देशक समक्ष तोकिएको जरिवानाको ५० प्रतिशत रकम धरौटी राखेर पुनरावेदन गर्नुपर्नेछ । यदि यी दुवै प्रक्रिया पुरा नगरेर थप कानूनी कारबाही अघि बढ्ने महानिर्देशक पौडेलले बताए ।

यस्तै विभागले भक्तपुरको भक्तपुर नगरपालिका १ मा रहेको डा.इवामुरा मेमोरियल हस्पिटल प्रालीलाई २० हजार जरिवाना समेत गरेको छ ।

विभागका अनुसार सोमबार ३९ वटा सेवामूलक व्यवसाय गर्ने फर्ममा स्थलगत अनुगमन गरेको अधिकांशलाई सामान्य निर्देशन, कतिपयलाई कागजात सहित उपस्थित हुन निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर