बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द – Nepal Press

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं । बर्दघाट–सर्दी १३२ केभीडबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटनगरपालिका–५ दाउन्ने स्थित खुर्सानी खोलामा सडक भासिए पछि त्यस भन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युतभार ९लोड० स्वीकृत लिएको छ ।

त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण,कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रूपमा ७÷८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागिबर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो ।

डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज) मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर