मकवानपुरको बागमती किनारमा तीनवटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका – Nepal Press

मकवानपुरको बागमती किनारमा तीनवटा शव भेटिए, काठमाडौंबाटै बगाएर लगेको आशंका

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-१० मन्थलीस्थित बागमती नदीको किनारमा ३ वटा शव भेटिएको छ ।

स्थानीयले माछा मार्ने क्रममा शव देखेपछि गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलाई खबर गरेका थिए । त्यहाँ दुई पुरुष र एकजना महिलाको शव रहेको लामिछानेले बताए ।

शवबारे आफूहरूलाई जानकारी आएको र परीक्षणका लागि काठमाडौं कसरी लैजाने भन्ने विषयमा गृहमन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका सीडीण तीर्थराज चिलुवालले नेपाल प्रेसलाई बताए ।

बागमती किनारमा भेटिएका ती शव काठमाडौं उपत्यकाबाट बाढीले बगेर आएको हुनसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर