नागढुङ्गा- नौबिसे सडक खण्डको बाटो अझै खुलेन – Nepal Press

नागढुङ्गा- नौबिसे सडक खण्डको बाटो अझै खुलेन

काठमाडौं । दुई तर्फी बाटो सञ्चालनका लागि नागढुङ्गा नौबिसे सडक खण्ड २ घन्टा बन्द भएकोमा अझै खुलेको छैन ।

त्रिभुवन राजमार्ग अन्तर्गत नागढुङ्गा नौबिसे सडक खण्ड आज ११ बजेदेखि १ बजेसम्म बन्द हुने भनेर सूचना निकाले पनि १ बजेर ४० मिनेट जादाँसम्म खुलेको छैन ।

विभिन्न स्थानमा पहिरो गई केही स्थानमा सडक एकतर्फी भएको हुँदा त्यस्ता स्थानहरुमा दोहोरो सवारी आवागमन संचालन गर्न पहिरो पन्छाउने काम भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी हेमकुमार थपलियाले आज १ बजे खुल्ने भनेको बाटो अहिले नखुलेको बताए ।

उनले भने, ‘आज नागढुङ्गा नौबिसे सडक खण्डको बाटो ११ बजेबाट १ बजेसम्म मात्रै पहिरो पन्छाउने भनिएको थियो । तर, २ घन्टामा पहिरो पन्छाइ नसकिएकाले अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ । अब केही समयपछि बाटो खुल्छ ।’

‘नागढुङ्गा नौबिसे सडक खण्ड यहि असोज १५ गतेका दिन विहान ११ बजे देखि दिउँसो १ बजेसम्म सम्पुर्ण सवारी साधनहरुलाई पूर्ण रुपमा रोकिने व्यहोरा जानकारी गराईन्छ,’ नागढुङ्गा मुग्लिङ सडक योजनाले निकालेको सूचनामा उल्लेख छ ।

साना तथा मझौला सवारी साधनहरुले वैकल्पिक मार्गको रुपमा सितापाइला धार्के तथा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर