आज राति दाउन्ने सडक पूरै बन्द हुने – Nepal Press

आज राति दाउन्ने सडक पूरै बन्द हुने

रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सडकखण्डको दाउन्ने सडक आज राति बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।

प्रशासनले भनेको छ( ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व-पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ‘रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१।०६।१५ गते विहान ०८स्४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१ । ०६ । १५ गते राति १०ः०० बजेदेखि मिति २०८१।०६।१६ गते विहान ०५ः०० बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर