बाढीले डुबेकाे पार्टी कार्यालय अवलाेकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली – Nepal Press

बाढीले डुबेकाे पार्टी कार्यालय अवलाेकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ ।

बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर