बौरियो शेयर बजार- ११४.७० अंकले बढ्यो, डेढ दर्जन कम्पनीमा सर्किट – Nepal Press

बौरियो शेयर बजार- ११४.७० अंकले बढ्यो, डेढ दर्जन कम्पनीमा सर्किट

काठमाडौ । आज शेयर बजार ११४.७० अंकले बढेको छ । नेप्से इन्डेक्स पनि २६ सय बिन्दुमा फर्किएको छ । योसँगै नेप्से परिसूचक २६२३.५६ अंकमा आएको हो । आजको बजार साढे ४ प्रतिशतले बढेको हो । त्यस्तै कारोबार पनि बढेको छ ।

मंगलबार साढे ७ अर्ब रूपैयाँभन्दा बढीको शेयर खरिदबिक्री हुँदा डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १८ वटा कम्पनीमध्ये ११ वटा फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा जलविद्युत, नेपाल वेयर हाउस र सिटी होटलको शेयर मूल्य १० प्रतिशतले बढ्यो ।

३०७ वटा कम्पनी सामेल भएको आजको कारोबारमा सबै समूहको बढोत्तरी छ ।

आज ७ अर्ब ६१ करोड रूपैयाँभन्दा बढीको कारोबार भयो । करिब बुलिस यात्राकै नजिक पुगेको बजार पुन: फर्केको हो । नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला शेयर बजारबाट राम्रो मूल्य नपाएकालाई लाभांश आकर्षण बन्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर