अनेरास्ववियूले हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै पर्यटनमन्त्रीलाई बुझायो ज्ञापनपत्र – Nepal Press

अनेरास्ववियूले हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै पर्यटनमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूले आज पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

उनीहरुले हवाईभाडा अस्वभाविक वृद्धिलाई राेक लगाइ साविककै भाडादर कायम गराउन पहल गरिदिन अनुराेध गरेका छन् ।

‘बिचल्लीमा परेका नागरिकको घाउमा पलमपट्टि लगाउनुपर्ने बेलामा मानवीय संवेदनशीलतालाई समेत भुलेर हवाई भाडा साविकको भन्दा पनि धेरै लिएको जन गुनासो आइरहेको छ । पर्यटनमन्त्री मार्फत हवाई भाडामा भएको मनपरि वृद्धिलाई तुरुन्त रोक लगानुपर्छ । असहाय र विद्यार्थीको लागि निःशुल्क र आम नागरिकको लागि साविककै भाडा कायम गर्नु आवश्यक छ,’ अनेरास्ववियूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निःशुक्क उपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्न अनेरास्ववियले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर