डाँफेज एन्ड गैंडाज
इन्भेन्शन र डिस्कभर । बारम्बार सुनिइरहने यी दुई अंग्रेजी शब्द नेपाली भाषाका नेपाली शब्द झैं भैसके, जल्ले नि बुझ्छ । डिस्कभर वा इन्भेन्ट दुवैको अर्थ पत्ता लगाउनु । खासगरी इन्भेन्टको नेपाली शब्द आविष्कार भन्ने गरिए पनि दुवै शब्दलाई उही रुपले, उही अवस्थामा पर्यायबाची शब्द झैं प्रयोग गरेको पाइन्छ । हामीले पढ्यौं- द क्युरिज डिस्कभर्ड रेडियम । जेम्स वाट इन्भेन्टेड स्टीम इन्जिन । हेर्दा दुवै एकै झैं लाग्छ । दुवैथरीले नयाँ चिज पत्ता लगाएका हुन् । क्युरी दम्पतीले फलामको धाउ पगालेर नयाँ वस्तु निकाले, जसले अत्यधिक रे दिने भएकाले ल्याटिन शब्द रेडियससँग मिल्ने गरी रेडियम नाम राखे ।
त्यस्तै जेम्स वाटले बाफको शक्ति प्रयोग गरेर बास्प इन्जिन बनाए । पहिले बाफबाट चल्ने त्यस्तो कुनै संरचना वा वस्तु सृष्टिमा थिएन । जेम्स वाटले बनाए । त्यसपछि मात्र दुनियाले देखे, सबैको ज्ञानमा आयो । अर्थात उनले नयाँ संरचना सृजना गरे । यो इन्भेन्शन हो । जुन वस्तु यो प्रकृतिमा पहिलेदेखि नै थियो, तर मानिसलाई थाहा थिएन र पहिलो पटक कसैले थाहा पायो । त्यो डिस्कभरी हो । जस्तोः कोलम्बस डिस्कभर्ड अमेरिका । कोलम्बसले अमेरिका पत्ता लगाए । यसो भन्नुको अर्थ कोलम्बस अमेरिका पुगेपछि मात्र अमेरिका उत्पत्ति भएको होइन । अमेरिका पहिलेदेखि नै त्यहाँ थियो । यत्ति हो कि बाहिरबाट गएका कोलम्बसले पहिले यो देखे, भेटे र विश्वलाई यसबारे सुनाए । डिस्कभरी र इन्भेन्शनको भेद यो हो ।
कुनै पनि वस्तु अन्यत्र कतै पाइँदैन भने त्यो वस्तुलाई स्थानीयले जे बोल्छन्, त्यही युनिभर्सल हुन्छ । स्थानीयमात्र होइन बाह्य जगतले पनि त्यही बोल्नुपर्छ । यो विश्वको प्रचलन हो ।
अब फर्कौं हाम्रो आफ्नै परिवेश । नेपाल कसले पत्ता लगायो ? काठमाडौं ? स्वयम्भू ? यी सबै यही थिए । सबैलाई थाहा थियो, कसैले पत्ता लगाउनु परेन । त्यस्तै सगरमाथा ? कसले पत्ता लगायो ? के सगरमाथा कसैले डिस्कभर गरेको हो ? होइन । सगरमाथा पनि यही थियो सदियौंदेखि । स्थानीयले यसलाई चोमोलोंमा भन्थे । पछि सन् १८५२ मा बृटिश सर्भे टोलीले यो नै विश्वको सबैभन्दा अग्लो चुचुरो हो भनेर घोषणा ग¥यो । त्यही सर्भे टोलीका जनरल सर जर्ज एभरेस्टको सम्मानार्थ बृटिशहरुले सगरमाथालाई माउन्ट एभरेस्ट नाम दिएका हुन् । पछि हामी नेपालीले पनि सगरमाथा भन्नुभन्दा माउन्ट एभरेस्ट भन्नुमा आफूलाई आधुनिक ठान्न थाल्यौं । खास हामीले भन्नुपर्ने सगरमाथा नै हो । यो हाम्रो भाषा, हाम्रो शब्द हो । हाम्रो मौलिकता हो । अरुले दिएका नाम र शब्दको पछि हामीलाई लाग्नुछैन ।
गत हप्ता प्रधानमन्त्री ओलीले अमेरिकामा एउटा कार्यक्रममा एक प्रसंगमा नेपालका डाँफेज, गैंडाज शब्द प्रयोग गर्नुभो । यता बुज्रुकहरु हाँसे । उनीहरुले खिसी गरे- हाम्रो प्रमको इंगलिस खत्तम । सायद उनीहरुले गैंडालाई राइनोशर र डाँफेलाई हिमालयन मोनाल भन्नुपर्थ्यो भन्ने ठानेर होला । खासमा यी दुबै नेपालमा मात्र पाइन्छन् । कुनै पनि वस्तु अन्यत्र कतै पाइँदैन भने त्यो वस्तुलाई स्थानीयले जे बोल्छन्, त्यही युनिभर्सल हुन्छ । स्थानीयमात्र होइन बाह्य जगतले पनि त्यही बोल्नुपर्छ । यो विश्वको प्रचलन हो । यीमात्र होइनन्, नेपालका अन्य धेरै मौलिक वस्तु छन् । तिनको नेपाली नाम छ । अरु कसैले आविष्कार गरेका वा पत्ता लगाएका होइनन् । त्यसैले भनौं गर्वसाथ- दियर आर डाँफेज इन हिमालयज एन्ड गैंडाज इन चितवन ।
गौडा र डाँफे भने भइहाल्छ किन englishize गर्नु पर्याे र।
थ्व हे खँ नेवाःतयगु थायबाय व संस्कृतिक शब्दय् नं लागु याःसा गुलि ज्यू नि । मखु ला ?
सहि तर्क, भाषिक मौलिकता प्रति हामीलाई गर्व छ।
झाेलेहरुले जति बचाउ गरेपनि इज्जत फर्किदैन । खरुक्क नेपालीमै भाषण गरेनि हुन्थ्याे त नेपाली शब्द प्रयाेग गर्ने भा ।
यो लेख सन्देश र सूचनामुलक नभएर साबुन र स्याम्फुजस्तो लाग्यो
अलि समय पछि, केपी मरेर गएपछि , हल्लाका पछि कुदन छोडेपछि , राष्ट्रिय भाव बुझ्न लागेपछि , भिडतन्त्र बाट बाहिर आएपछि बुझ्छन् होला किनकी नेपाली को बुद्धि पछि आउँछ भन्ने सबै ले बुझेकै कुरा हो !
Aba dekhi sabbi Newa culture ko je chha tyhi nai naam la pukaroun. Ma ta ke bhanchhu bhane Kathmandu ko naam nia paribartan garera ” KASTHAMANDAP ” rakhoun, jsko historical artha chha , tara kathmandu ko ke artha chha ra ? Please .
Kathmandu ko naam pherera Kasthmandap yetihasik naam rakhoun? Please .
नेपाली शब्दकाेशमा गैंडा, डाँफे भन्ने शब्द त भेटियाे तर गैंडाज र डाफेज भन्ने शब्द भेटिएन । नेपाली शब्दमा जेसुकै प्रत्यय जाेडेर शब्द बिगार्ने अधिकार छ ?
I think the writer must research before blindly writing and supporting PM for such an ashamed speech. Let you know that, there are three species of Asian rhinos—the greater one-horned rhino found in India and Nepal; the Sumatran rhino found on the islands of Sumatra and Borneo; and the Javan rhino that is only found in one protected area on the island of Java, Indonesia
यो लेखकलाई #गडाहज कसैले भन्यौ भने 😂 😉
तेरीमा झाेले, डाँफेज हिल एरियाज ईलिफेन्ट्ज एन्ड गैडाज माउन्टेन एरियाज भन्याचै ठिक भयाे त ? कट्टु खाेलेपनि लाज लाग्ने मुख त छाेपेकै छ नी भन्या हाे धतुरे ?
हैट, ‘मालिक को (प्रभु/भौमान को) पाद पनि गनाउञ्चर? यो त बास्ना हो तिमरु सुन्गना नजान्ने हरु! मालिक ले पाध्यो भने यसरि लामो स्वास तानेर तिस सेकेण्ड रोकेर राख त्यो पादमा भयको मालिकको गुणहरु माहिले प्राप्तगरी हामीमा सिञ्चित हुनेछ र हामीपनि मालिक जस्तै हुन्छौ!’
भनेजस्तै के !
धत्, चाकडीको पनि एउटा हद हुन्छहोला हो!
प्रभु उखानको इण्टर्भ्यु लाई तिन पटक घोत्लिएर सुनौ पहिले, हत्तनपत्त चाकडी गर्न आत्तुर !
चौँथो पुर्णबिराम सम्म त यिनले आफैँ मनगढन्ते सन्त्रासको सिर्जना गरे, आफ्नो बेतुके तर्कलाई सहि साबित गर्न ।
कसले मान्ने गरेको छ डिस्कभर र ईन्भेन्सनलाई एकै ??
चाटुकारिको सिमाहुन्छ यार ।
आताबा ताम् । आसेसामी तिले पाङसाई ? सेबा धाेसी ? ना हुर्सी खाजी 🤔।
अज्ञान बिनासको पहरा। बा र छोरा ठ्याक मिल्ने।८४ मा भोट यिनैलाई।