कर्णाली सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने – Nepal Press

कर्णाली सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्न निर्णय गरेको हो ।

उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने जनाइएको छ । यस्तै, कर्णाली सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर