सरकारलाई कांग्रेसको ध्यानाकर्षण- अलपत्र परेका नागरिकको तत्काल उद्धार होस्, दशैंमा घर जाने वातावरण मिलाओस् – Nepal Press

सरकारलाई कांग्रेसको ध्यानाकर्षण- अलपत्र परेका नागरिकको तत्काल उद्धार होस्, दशैंमा घर जाने वातावरण मिलाओस्

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरोमा बेपत्ता रहेका नागरिकहरुको खोजीमा तीव्र ढंगले हरसम्भव प्रयास गर्न सरकारलाई माग गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले देशका विभिन्न भागमा उद्धारको प्रतिक्षामा रहेकाहरुलाई तत्काल उद्धार गर्न माग गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनले भने, ’प्राकृतिक प्रकोपले कैयन ठूला–साना सडक अवरुद्ध भएका छन् । कयौं पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । चाडपर्वहरुमा घर जान चाहने नागरिकको चाप बढ्ने छ । अतः अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्र गतिमा अघि बढाई सम्भव भएसम्म अस्थाई रुपमा वैकल्पिक मार्गको समेत व्यवस्था गरी नागरिकहरु दशैंमा घर जान सक्ने अवस्था निर्माण गर्नको लागि यो बैठक नेपाल सरकारसँग अुनरोध गर्दछ साथै खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकी जस्ता क्षतिग्रस्त अति आवश्यक भौतिक संरचनाहरु तत्काल पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गर्दछ ।’

सडक मार्गहरुको खराब अवस्थाको कारण हवाई मार्गमा पर्न जाने चापलाई मध्यनजर राखी हवाई भाडादरलाई न्यूनतम दरमा कायम राख्न हवाईसेवामा आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर