जावलाखेलकाे हानकुक रेस्टुरेन्टलाई ३ लाखसहित यी फर्मलाई एकैदिन ६ लाख ४० हजार जरिवाना – Nepal Press

जावलाखेलकाे हानकुक रेस्टुरेन्टलाई ३ लाखसहित यी फर्मलाई एकैदिन ६ लाख ४० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित हानकुक साराङ रेस्टुरेन्ट प्रालिलाई ३ लाखसहित विभिन्न फर्मलाई ऐन कानून पालना नगरेको भन्दै एकै दिन ६ लाख ४० हजार जरिवाना गरेको छ ।

विभागले टोलीले मंगलबार बजार अनुगमनका क्रममा उक्त रेस्टुरेन्टलाई मापदण्डअनुरुप नभएकाे भन्दै ३ लाख जरिवाना गरेकाे हाे । त्यस्तै, ललितपुरकै आकाश फुड्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएकाे छ ।

त्यस्तै, विभागले नयाँ बानेश्वरको शंखमुलमा रहेको उमोजा कफी सपलाई मूल्य सूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै ५० हजार जरिवाना गरेको छ ।

विभागका अनुसार मंगलबार रिलेवलिङ गरेको वा गुणस्तर परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको भन्दै सबैभन्दा बढी ललितपुर महानगरपािलका ५ जाउलाखेलमा रहेको हानकुक साराङ रेष्टुण्टलाई ३ लाख रुपैयाँ र ललितपुर महानगरपालिका १५ मा रहेको आकाश फुड्सलाई २ लाख जरिवाना गरेको छ ।

यस्तै नयाँ काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वरमा रहेको जनकपुर स्वीट एण्ड चाट सेन्टरलाई दर्ता प्रमाणपत्र तथा मुल्य सूची नराखेको भन्दै ६५ हजार जरिवाना गरेको छ ।

काठमाडौंको बुढानिलकण्ड नगरपालिका १० कपनमा सञ्चालित सुदूर सप्लायर्स र भक्तपुरको सुर्यविनायक नगरपालिका १ मा रहेको लक्ष्मी मिठाई भण्डार लाई खरिद बिल बिजक नराखेको भन्दै १०–१० हजारजरिवाना गराएको छ ।

ललितपुर महानगरपालिका १४ मा रहेको एसएस स्टोर एण्ड होलसेल र भक्तपुरको सुर्यविनायक नगरपालिका १ मा रहेको ओम टेलरिङ सेन्टरले लार्य खरिद बिल बिजक नराखेकोभन्दै ५–५ हजार जरिवाना गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *