कर्णालीपछि ललितपुर क्विन्सको पनि लगातार जित – Nepal Press

कर्णालीपछि ललितपुर क्विन्सको पनि लगातार जित

काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लगातार दोस्रो जित हात पारेको छ। मङ्गलवार राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३-१ को सेटमा हरायो।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले सुरुका लगातार दुई सेट जितेको थियो। तर तेस्रो सेट मधेशले जितेपछि ललितपुरको सोझो सेटमा जित टरेको थियो।

ललितपुरले यो खेल २५-१५, २६-२४, २४-२६ र २५-२२ को सेटमा जित्यो।

पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराएको ललितपुरको २ खेलबाट ४ अंक छ। कर्णालीको पनि २ खेलबाट ४ अंक छ।

प्रतियोगिताअन्तर्गत बुधवार हुने खेलमा ललितपुर र कर्णाली, काठमाडौं र गण्डकी थन्डर्स तथा चितवन शक्ति र मधेश युनाइटेड भिड्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *