च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित
हेटौँडा । युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित हासिल गरेको छ ।
गएराति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५-० गोलले पराजित गरेको हो ।
खेलमा रोवर्ट लेवन्डोस्कीले दुई तथा राफिना र मार्टिनेजले समान १-१ गोल गरे भने एक गोल बार्साले उपहारस्वरूप पाएको थियो ।
खेलमा लेवन्डोस्किले ८ औँ मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि राफिनाले ३४ र मार्टिनेजले ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
दोस्रो हाफको ५१ औँ मिनेटमा लेवन्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रतामा लगे । बार्साले खेलको ८० औँ मिनेटमा योङ ब्वाईजको तर्फबाट एक गोल उपहार पाएपछि खेल ५-० ले जित्यो ।
जितपछि बार्सा ३ अङ्क सहित लिग तालिकाको १० औँ स्थानमा उक्लँदा ब्वाईज भने तालिकाको अन्तिम स्थानमा छ ।