३ महिनादेखि रोकिएको नेपाल-भारत र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता भोलि – Nepal Press

३ महिनादेखि रोकिएको नेपाल-भारत र बंगलादेशबीचको विद्युत व्यापार सम्झौता भोलि

काठमाडौ । नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको छ । सम्झौताअघि तीनवटै देशका ऊर्जा सचिवहरूको संयुक्त बैठक आज बस्ने मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । मंगलबार सहसचिवस्तरीय बैठक बसेको थियो ।

नेपाल र बंगलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णय बारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा पेस गरिनेछ ।
बंगलादेशले पहिलो पटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । भारतीय बाटो प्रायेग गर्ने भएपछि नेपाल र बंगलादेश दुवैले सहमति लिनुपर्ने हुन्छ ।

अहिले ४० मेगावाट विजुली भारतको बाटो भएर बंगलादेश लैंजान सहमति हुने बताउँदै चटौतले भने, ‘अहिले प्रणालीको विद्युत पठाउने भनेर तयारी भएका छौं । भोलि सहमति गर्दा कुन आयोजनाको पठाउने भनेर नाम मागे पनि दिन तयार छौं ।’

बिहीबार हुने सम्झौताका लागि भारत र बंगलादेशबाट आज साँझसम्म प्रतिनिधि आउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा (पीएसए) हस्ताक्षर हुनेछ ।
विद्युत् प्राधिकरणले ६.४० सेन्ट प्रतियुनिटका दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्नेबारे यसअघि नै दुई निकायबीच सहमति भइसकेको छ ।

यसअघि गत साउन १३ गते पनि सम्झौता तय भएकोमा बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका कारण सम्झौता अनिश्चित बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर