सेप्टेम्बरमा नेपाल घुम्न आए ९६ हजार पर्यटक – Nepal Press

सेप्टेम्बरमा नेपाल घुम्न आए ९६ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा नेपाल घुम्न ९६ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

२०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना मात्र पर्यटक आएका थिए ।

सेप्टेम्बर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल घुम्न आएका छन् । भारतबाट मात्रै सो २२ हजार ९ सय ८४ पर्यटक नेपाल घुम्न आएका हुन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ ।

युएईबाट सेप्टेम्बर महिनामा १० हजार ८४, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार ३८, श्रीलङ्काबाट ४ हजार ९ सय १५, युकेबाट ४ हजार ४ सय ९३ र बङ्गलादेशबाट ४ हजार १ सय ३ जना सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् ।

त्यस्तै, जर्मनीबाट २ हजार ७ सय ४, कोरियाबाट २ हजार ३ सय १५ र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् ।

सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर