नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा
नेपाल प्रेस
२०८१ असोज १६ गते १४:५८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको स्रोतले बतायो ।
झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।
प्रतिक्रिया
One thought on “नागरिक उड्डयनको नयाँ भवनमा अख्तियारको छापा”
Leave a Reply
सम्बन्धित खवर
चार अर्ब मा तीन अर्ब पचास करोड खाए।