दसैंमा घर पुग्न सक्ने वातावरण मिलाउन कांग्रेस काेशीको माग – Nepal Press

दसैंमा घर पुग्न सक्ने वातावरण मिलाउन कांग्रेस काेशीको माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी पहिरोका कारण बाटो अवरोध भएर दसैंमा घर आउन नसकेका नागरिकहरूलाई दसैँमा घर आउन सक्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी काङ्ग्रेस कोशी प्रदेश समितिले प्रदेशवासीलाई दसैँमा घर आउन सक्ने वातावरण मिलाउन सरकार समक्ष माग गरेको हो । नेपाली काङ्ग्रेसले दसैँ अगावै अवरुद्ध भएका सडकहरू सञ्चालनको व्यवस्था मिलाउन माग गरेको हो । काँग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले विषम

परिस्थितिमा मृतक परिवारलाई विशेष राहतको व्यवस्था मिलाउन समेत माग गरे । पत्रकार सम्मेलनमा उनले भने, ‘पीडित परिवारलाई आवश्यक राहतको व्यवस्था ,घाइतेहरु सबैको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकार सँग अनुरोध गर्दछु ।’

प्रदेश समितिले अहिलेको जटिल परिस्थितिमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई राहत उद्धारको कार्यमा सक्रिय भई लाग्न अनुरोध गरेको छ ।

काङ्ग्रेसले मुलुकमा बढ्दै गएको कालावजारी, महँगी, भ्रष्टाचार प्रति नेपाली काँग्रेस कोशी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा काङ्ग्रेसले यसको नियन्त्रण गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर