नेकपा एसका सांसदको १५ दिनको तलब उद्धार कोषमा, मेटमणिले किर्ते गरेको सांसदहरुको आरोप – Nepal Press

नेकपा एसका सांसदको १५ दिनको तलब उद्धार कोषमा, मेटमणिले किर्ते गरेको सांसदहरुको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सांसदहरुको तलबबाट १५ दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले प्रतिनिधिका १० र राष्ट्रिय सभाका ८ जनागरी नेकपा एसका १८ जना सांसदले १५ दिनको पारिश्रमिक जम्मा गर्ने बताए ।

यता दलको बैठक नै नबसी प्रमुख सचेतक मेटमणि चौधरीले बैठकको हवाला दिँदै संसद सचिवालयलाई पार्टीका सांसदको पारिश्रमिक कटाएर दिन पत्र पठाएको भन्दै केही सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाका एक सदस्यले भने–विपत्तिको बेला १५ दिनको होइन एक महिनाकै पारिश्रमिक दिन आपत्ति छैन । तर मेटमणि चौधरीले संसदीय दलको निर्णयको हवाला दिएर संसद सचिवालयलाई पारिश्रमिक काट्न पत्र काटेको रहेछ ।

दलको बैठक बसेको छैन,सांसदहरुलाई फोन गरेको पनि छैन र कुनै जानकारी समेत नदिई मेटमणिले किर्ते काम गरेका छन् । यसाबरेमा दलका नेता माधव नेपाललाई हामी भेटेरै आपत्ति जनाउँछौं ।

चौधरीले असोज १६ गते सचिवालयलाई लेखेको पत्रमा संसदीय दलको निर्णय अनुसार नेकपा एसका सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुने आउने १५ दिन बराबरको तलब कोषमा जम्मा गर्न भनिएको छ ।

सांसदहरुले भने दलको बैठक नबसी निर्णयको हवाला दिएर चौधरीले पत्र लेख्नु किर्ते भएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसका सांसदको १५ दिनको तलब उद्धार कोषमा, मेटमणिले किर्ते गरेको सांसदहरुको आरोप

  1. दिल्लीको आदेश, माधवको भर पर्ने हो नि त । अरू त भरौटे मात्र देखिए । विना हैसियतका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर