कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन, कुनमा को तोकिए संयोजक ? – Nepal Press

कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन, कुनमा को तोकिए संयोजक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाको महाधिवेशन २०८१ चैत मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम पार्टी भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय निर्देशन समिति गठन गरेको कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताए ।

समितिले विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन गर्नेछ ।

नेपाल महिला संघ

१) सहमहामन्त्री उमाकान्त चौधरी – संयोजक
२) केन्द्रीय सदस्य पुष्पा भुसाल – सदस्य
३) केन्द्रीय सदस्य रुक्मिणी कोइराला – सदस्य

नेपाल तरुण दल

१) सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ – संयोजक
२) केन्द्रीय सदस्य सरिता प्रसाईं – सदस्य
३) केन्द्रीय सदस्य जीतजंग बस्नेत – सदस्य

नेपाल विद्यार्थी संघ

१) सहमहामन्त्री किशोरसिंह राठौर – संयोजक
२) केन्द्रीय सदस्य राजीव ढुंगाना – सदस्य
३) केन्द्रीय सदस्य प्रतिमा गौतम – सदस्य


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर