झरना रनिङशिल्ड फुटबलको फाइनलमा लिस्नु युवा क्लब – Nepal Press

झरना रनिङशिल्ड फुटबलको फाइनलमा लिस्नु युवा क्लब

रुपन्देही । रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब शानदार जितसंगै फाइनलमा प्रवेश गरेको छ ।

स्वर्गीय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा जनज्योती क्लब, डिगरनगरलाई दुई शून्य गोलअन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

खेलको शुरुवातबाट नै लिस्नुले खेल आफ्नो पक्षमा राख्न सफल भएको थियो । खेलको ३८ औं मिनेटमा लिस्नुका सुसिल राईले गोल गर्दै खेलमा टिमलाई दिलाए । खेलको ७४ औं मिनेटमा बुद्घिराम राईले विजयी गोल गरे । वन भर्सेस वनमा जनज्योतिका किपर टिकेन्द्र थापा बिट भएसंगै उनले गोल गरे । खेलमा लिस्नुका सुसिल राई म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहीबारको दोस्रो सेमीफाइनल खेल गोर्खा ब्यायज क्लब र आयोजक झरना स्पोटस क्लबका बीचमा हुने अध्यक्ष धनेन्द्र पौडेलले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैयाँँ, यसैगरी उपविजेता टिमले १ लाख ८१ हजार रुपैयाँ, कप तथा सेमीफाइनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाँका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् । प्रतियोगिता तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *