विपद्बाट ज्यान गुमाएका परिवारलाई वितरण गरिँदै – Nepal Press

विपद्बाट ज्यान गुमाएका परिवारलाई वितरण गरिँदै

काठमाडौं । बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई बुधबार काठमाडौं र ललितपुरका केही पालिकामा मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम हस्तान्तरण गरिएको छ ।

सरकारले विपद्मा परि ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत रु दुई लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय अनुसार मंगलबारदेखि राहत रकम वितरण सुरु भएको हो ।

काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले काठमाण्डौमा बुधबार नौ जना मृतकका परिवारलाई राहत रकम घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले मृतकका परिवारलाई जनही रु दुई लाखमा दरले रु १६ लाख र घर भत्किएका केही परिवारलाई गरी रु एक लाख रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रजिअ आचार्यले काठमाण्डौंका दक्षिणकाली नगरपालिकामा दुई मृतकका परिवार, चन्द्रागिरी नगरपालिकामा दुई र नार्गाजुन नगरपालिकामा पाँच जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको बताए ।

त्यसैगरी, ललितपुर जिल्लाका दुई पालिकाका सात जना मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।

उनले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात जना मृतकका परिवारलाई गरी रु १३ लाख राहत रकम घरमै पुगेर वितरण गरिएको बताउ ।

‘राहत रकम वितरणलाई तिव्रता दिएका छौं’, प्रजिअ श्रेष्ठले भने, ‘यहाँ विपद्बाट प्रभावितहरुलाई सुरक्षित स्थानमा राखेर गासबासको प्रवन्ध समेत गरिएको छ ।’

यता भक्तपुरमा पनि विपद्मा परी ज्यान गुमाएका चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिए ।

उनले चार जना मृतकका परिवारलाई रु तीन लाख तीस हजार रकम उपलब्ध गराइएको जानकारी दिए । त्यसका साथै अन्य प्रभावित जिल्लामा पनि राहत रकम वितरणका लागि तयारी भइरहेको छ ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट नियमित सम्र्पक गरी विपद्बाट विस्तृत जानकारी लिनुका साथै प्रतिकार्यमा सक्रियताका साथ खटिन निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर