बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रार घिमिरेको घोषणा, मध्यरातमा भने- अब कसैको प्यादा बन्दिनँ – Nepal Press

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रार घिमिरेको घोषणा, मध्यरातमा भने- अब कसैको प्यादा बन्दिनँ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले आफ्नो प्रतिवेदन फिर्ता लिने भएका छन् ।

बुधवार मध्यरातमा सार्वजनिक वक्तव्य दिँदै घिमिरेले अब आफू कसैको प्यादा नबन्ने भन्दै प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको दबाबमा बारअध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गराउनु परेको संकेत गरेका छन् ।

उनले अदालत खुले लगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताएका छन् । दशैं बिदाका कारण घटस्थपनादेखि कोजाग्रतसम्म अदालत बन्द रहने गर्दछ ।

बारअध्यक्ष घिमिरेविरुद्धको पेसी कार्तिक १ गते तोकिएको छ । प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अपहेलनाको मुद्दा चलाएको बारको ठहर छ ।

यसअघि उपरजिस्ट्रार घिमिरेबाटै अवहेलनाको प्रतिवेदन तयार पारेर सिधाकुराका पत्रकार नवीन ढुंगानामाथि मुद्दा चलाइएको थियो । उनीहरूलाई जेल सजाय भइसकेको छ ।

उपरजिस्ट्रार घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ लगत्तै बुधवार नै सामाजिक सञ्जालबाट ३६४ दिन कसैको प्यादा बनियो १ दिन स्वतन्त्र भइन्छ भन्ने प्रधानन्यायाधीश श्रेष्ठको शासनबाट मुक्ति पाएको बताएका थिए ।

उनले यस्तो भनेका छन्-

न्याय परिषद्मा पनि विश्वम्भर र उनका गिरोहमार्फत यस्तै अनेकौँ गैर संवैधानिक र कानुन विपरीतका काम गरेका छन् जसको नेपाल प्रेसले समाचार सम्प्रेषण प्रमाण र तथ्यसहित गरिरहेको छ र गरिरहने छ !

पढ्नुहोस्- न्यायपालिका आफ्नो गुट बनाएर जाने विश्वम्भरको जुक्ति, बार आन्दोलन बेवास्ता गर्दै न्यायाधीश नियुक्ति

न्यायपालिका आफ्नो गुट बनाएर जाने विश्वम्भरको जुक्ति, बार आन्दोलन बेवास्ता गर्दै न्यायाधीश नियुक्ति

न्यायाधीशका कल डिटेल्स र एसएमएस सहसचिव कार्कीले व्यक्तिगत इमेलमा माग्ने गरेको खुलासा

सर्वोच्चका ‘श्रीमान’ विवादमा-महिलालाई ‘हनी ट्र्याप’ पारेर उच्चका न्यायाधीशविरुद्ध कीर्ते बयान (अडियोसहित)


प्रतिक्रिया

One thought on “बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रार घिमिरेको घोषणा, मध्यरातमा भने- अब कसैको प्यादा बन्दिनँ

  1. बारको पदाधिकारी भएपछि चाहिँ कानून नलाग्ने रहेछ । यिनै वकिलहरूले हो न्यायालय भ्रष्ट बनाएका । पैसा उठाउने दलाल यी हुन् र भाग खाने न्यायाधिश पनि हुन् भनेर त अदालतले गठन गरेको समितिले नै प्रतिवेदनमा लेखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *