च्याम्पियन्स लिग : लिभरपुलको लगातार जित
नेपाल प्रेस
२०८१ असोज १७ गते ८:२३
हेटौँडा । युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।
इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १-१ गोल गरे ।
गएराति नै भएको अन्य खेलमा बायर्न म्युनिख एस्टन भिल्लासङ्ग १-० ले पराजित हुँदा मोनाको र डिनामो २(२ को बराबरीमा रोकिए ।
गएराति इटालियन क्लब युभेन्टेसले आरबी लिपेइजलाई ३-२ गोलले पराजित गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर