यस्तो छ रोशी र सुनकोशीले बगाएको बीपी राजमार्गको ताजा अवस्था (तस्बिरहरू) – Nepal Press

यस्तो छ रोशी र सुनकोशीले बगाएको बीपी राजमार्गको ताजा अवस्था (तस्बिरहरू)

काठमाडौं । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने गरी तहसनहस भएको छ ।

गत शनिवार रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक नै बगाएर नदी बगिरहेको छ ।

सडक विभागले वैकल्पिक उपाय गरिरहे पनि तत्काल सो राजमार्ग सञ्चालनको सम्भावना कम देखिएको बुधवार हेलिकोप्टरबाट स्थलगत अवलोकन गरेका भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *