राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा घटस्थापना – Nepal Press

राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा घटस्थापना

काठमाडौं । बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रूपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जमरा छरेका हुन् ।

आज छरिएको जमरा विजयादशमीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *