मकवानपुरमा खोलाले बगाएर र कुलोमा डुबेर दुईजनाको मृत्यु – Nepal Press

मकवानपुरमा खोलाले बगाएर र कुलोमा डुबेर दुईजनाको मृत्यु

हेटौंडा । मकवानपुरको राप्ती खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने कुलोमा डुबेर १८ महिने नाबालकको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका—६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठाला जानेक्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता पारेको थियो ।

मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरीकै मचाङमा घाइते अवस्थामा राईलाई फेला पारेका थिए। राईको प्रारम्भिक उपचार मनहरीस्थित मनहरी अस्पतालमा गरिएको थियो ।

उनको थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मनहरी गाउँपालिका–६, प्रतापपुरमा १८ महिने शिशुको कुलोमा डुबेर मृत्यु भएको छ ।

बुधबार श्याम प्रजाको छोरा १८ महिनाको सामुयल प्रजा घर नजिकै खेल्दै जाने क्रममा घरदेखि ५० मिटरको दुरीमा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएको थियो । अचेत अवस्थामा भेटेको शिशुलाई उपचारका लागि मनहरी अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर